• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगमा आज ‘नर्थ लण्डन डर्बी’



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज ५ खेलहरु हुँदैछन् । साँझ ६ः४५ बजे चार खेल र राति ९ः१५ बजे एक खेल हुँदैछ । ६ः४५ बजे एकै समयमा आर्सनल र टोटेनहम, लिभरपुल र वेस्टहाम युनाइटेड, ब्राइटन र बर्नमाउथ तथा शेफिल्ड युनाइटेड र न्युक्यासल युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

योमध्ये आज नर्थ लण्डनका दुई क्लबबीचको डर्बी खेल निकै रोमाञ्चक हुनेछ । आर्सनल र टोटेनहम दुबै नर्थ लण्डनका क्लबहरु हुन् । दुबै जारी सिजनमा अपराजित रहेका छन् । हालसम्म पाँच खेल खेलिएकामा दुबै टिमले समान ४–४ खेल जितेका छन् भने एक खेल बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेल आर्सनलको इमिरेट्स मैदानमा हुने भएकाले आर्सनलले घरेलु समर्थकको फाइदा उठाउने छ । हालसम्म यी दुई टोली प्रिमियर लिगमा ६२ पटक आमनेसामने भएका छन् । तुलनात्मक रुपमा आर्सनल टोटेनहम भन्दा बलियो देखिन्छ । आर्सनलले २४ खेल जित्दा १५ खेल टोटेनहमले जितेको छ । २३ खेल बराबरी भएका छन् ।

घरेलु मैदानमा आर्सनलले १८ खेल जितेको छ भने टोटेनहमले १३ खेल जितेको छ । यस्तै अवे खेलमा आर्सनल ६ पटक विजयी हुँदा टोटेनहम २ पटक विजयी भएको छ । यी दुई टोली पछिल्लो पटक जनवरी १५ मा भिडेका थिए ।

टोटेनहमको घरेलु मैदानमा आर्सनलले उसलाई २–० गोलले स्तब्ध पारेको थियो । यस्ते, अक्टुबर १ मा पनि आर्सनलले टोटेनहमलाई घरेलु मैदान इमिरेट्समा ३–१ गोलले पराजित गरेको थियो ।

प्रिमियर लिग अंक तालिकामा टोटेनहम ५ खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंक रहेको आर्सनल गोलडिफरेन्सका आधारले चौंथो स्थानमा रहेको छ ।