२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि भारत आउन भिसा कुर्दै पाकिस्तान क्रिकेट टिम



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा भाग लिने पाकिस्तानी क्रिकेट टोली र यसका अधिकारीहरू अझै पनि भारतबाट भिसाको पर्खाइमा छन् ।

पाकिस्तानी टोली सेप्टेम्बर २७ मा दुबई हुँदै भारत पुग्नुपर्नेछ । बाबर आजमको नेतृत्वमा रहेको टोलीले दुई दिनपछि सेप्टेम्बर २९ मा न्यूजिल्याण्डसँग पहिलो अभ्यास खेल खेल्ने छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) स्रोतका अनुसार खेलाडीहरू इस्लामाबादस्थित भारतीय उच्चायोगबाट भिसाको लागि पर्खिरहेका छन्, जसका कारण उनीहरूको दुबई जाने योजना रद्द गरिएको छ । पीसीबीले यो मामिला आईसीसीसँग उठाएको पनि स्रोतले बताएको छ ।

पाकिस्तानी टोलीले पछिल्लो पटक २०१६ को टी–२० विश्वकपमा भारत भ्रमण गरेको थियो । पाकिस्तानले आईसीसी टूर्नामेन्ट वा एसिया कपमा मात्रै भारतसँग सामना गर्छ ।