• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडको कठिन जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले बर्नलेलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरे ।

जितसँगै युनाइटेड ६ खेलबाट ९ अंकका साथ आठौं स्थानमा रहेको छ । बर्नले ५ खेलबाट १ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।