• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम ★   निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुन:आक्रमण

सिटीको लगातार छैटौं जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक विजेता म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले नटिङहम फरेस्टलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हालाण्डले एक–एक गोल गरे । दुबैले पहिलो हाफमा गोल गरेका हुन् । खेलको सातौं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा हालाण्डले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटीले ३ अंक बटुल्यो । खेलको दोस्रो हाफमा भने सिटी १० खेलाडीमा समेटिएको थियो ।

सिटीका रोड्री खेलको ४६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सिटीको यो लगातार छैटौं जित हो । उसले शतप्रतिशत जित निकालेको छ ।

६ खेलमा १८ अंकका साथ सिटी तालिकाको शीर्षस्थानमा छ । नटिङहम समान खेलबाट ७ अंकका साथ ११ औं स्थानमा छ ।