• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

क्यानको सचिवमा पारस खड्का निर्वाचित



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा खड्का प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै सचिव पदमा निर्वाचित भएका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्तविक्रमले ३७ मत ल्याए । निर्वाचनमा ८५ जनाले मतदान गरेका थिए ।

यसैबीच, अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए ।