• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

क्यानको अध्यक्षमा दोहोरिए चन्द



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।

आज भएको निर्वाचन पक्रियाबाट यसअघि पनि अध्यक्ष रहेका चन्द दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।

साथै, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् ।