४ भाद्र २०८३, बिहीबार
,
Latest
‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल नासरको रोमाञ्चक जित, रोनाल्डोले गरे दुई गोल



अ+ अ-

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार केएसयु फुटबल फिल्डमा भएको खेलमा नासरले अल अहिललाई ४–३ गोलले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा नै रोनाल्डोले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । १७ औं मिनेटमा तलिस्काले गोल गर्दै नासरको अग्रता दोब्बर पारे ।

यता, ३० औं मिनेटमा फ्रान्क केसेइले गोल गर्दै अहिलको अग्रता घटाउँदै १–२ मा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा तलिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नासरलाई ३–१ गोलले अघि बढाए । ५० औं मिनेटमा अहिलले पेनाल्टी पायो । त्यसलाई रियाद माहरेजले खेर जान दिएनन् ।

उनले अग्रता २–३ काृ स्थितीमा ल्याए । ५२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा नासर ४–२ ले अघि बढ्यो । यता, ८७ औं मिनेटमा फेरास अलव्रिकनले अहिलका लागि तेस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजासँगै अल नासर ७ खेलबाट १५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । समान खेलबाट समान अंक रहेपनि जीडीका कारण अहिल छैटौं स्थानमा छ ।