• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

कप्तान ओडेगार्डद्वारा सम्झौता नवीकरण, २०२८ सम्म आर्सनलमै रहने



एजेन्सी । इंग्लिस क्लब आर्सनलका कप्ता मार्टिन ओडेगार्डले क्लबसँगको सम्झौता नवीरण गरेका छन् ।

जनवरी २०२१ मा स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा सामेल भएका नर्वेका ओडेगार्ड अब आर्सनलसँग चौथो सिजनमा रहेका छन् । प्रिमियर लिगमा गत सिजन १५ गोल गरेका उनी सिजनको उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । मिडफिल्डबाट उनी आर्सनलका उच्च गोलकर्ता समेत रहे ।

‘नयाँ सम्झौतामा हस्ताक्षर गर्नु मेरो लागि साँच्चै सजिलो निर्णय थियो, हामी अहिले क्लबको रूपमा के गरिरहेका छौं, विशेष छ, र म त्यसको एक हिस्सा बन्न चाहन्छु ।’ ओडेगार्डले भने ‘म यहाँ आउने कुराको लागि साँच्चै उत्साहित थिएँ । मैले एउटा ठाउँ पाएको छु जहाँ म वास्तवमै बसोबास गर्न सक्छु र मेरो घर भन्न सक्छु ।’

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने – ‘मार्टिनले नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नु भनेको आर्सनलसँग जोडिएका सबैका लागि राम्रो खबर हो । उनी हाम्रो कप्तान हुन् र हाम्रो क्लबमा एक धेरै सम्मानित व्यक्ति हुन्, जो एक उत्कृष्ट रोल मोडेल र पेशेवर हो, उसले गर्ने हरेक कुरामा गुणस्तर र परिपक्वता ल्याउँछ । पिचमा, जसरी सबैले देखेका छन्, मार्टिन उच्च गुणस्तरको युवा खेलाडी हुन् जसले लगातार यस्तो उच्च स्तरमा योगदान दिन्छन् ।’

२४ वर्षिय ओडेगार्डले आर्सनलमा लोनमा रहँदा १४ खेलमा १ गोल गरेका थिए भने आर्सनलमा पूर्ण रुपमा आवद्ध रहेपछि ७८ खेलमा २४ गोल गरेका छन् ।