२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भिएतनामसँग २–० गोलले पराजित



अ+ अ-

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले खराब सुरुवात गरेको छ ।

शुक्रबार समूह ‘डी’ को पहिलो खेलमा नेपाल भिएतनामसँग २–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खान पुग्यो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एन तथा ६४औँ मिनेटमा थि बीच थुइले एक–एक गोल गरे ।

नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ । यस्तै, समूहको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ ।