• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपाल भिएतनामसँग २–० गोलले पराजित



काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले खराब सुरुवात गरेको छ ।

शुक्रबार समूह ‘डी’ को पहिलो खेलमा नेपाल भिएतनामसँग २–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खान पुग्यो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एन तथा ६४औँ मिनेटमा थि बीच थुइले एक–एक गोल गरे ।

नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ । यस्तै, समूहको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ ।