• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर

यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल पाकिस्तानसँगै समूह ‘डी’ मा



काठमाडौँ । आगामी जनवरीमा श्रीलंकामा हुनलागेको आइसिसी यू–१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनवरी १३ देखि सुरु हुनलागेको १५ औं यू–१९ मेन्स विश्वकपको खेलतालिका सार्वजनिक गरेको हो ।

खेलतालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । नेपालले समूह ‘डी’ मा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग सामना गर्नेछ ।

नेपालले समूह चरणको पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ । अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ ।

आइसिसीले प्रतियोगितामा सहभागि १६ टोलीलाई चार समूहमा विभाजन गरेको छ । हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

दुई समूहको शीर्ष तीन टोलीले सुपर सिक्समा दुई खेल खेल्ने छन् । अर्को समूहबाट छनौट भएका टोलीसँग यी दुई खेल हुने छन् ।
नेपाल रहेको समूह ‘डी’ का टप थ्री टोलीले सुपर सिक्समा समूह ‘ए’ का टप थ्री टोलीसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको छ । यस्तै, समूह ‘बी’ ले समूह ‘सी’ सँग खेल्नेछ । समुह ‘बी’ मा इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् भने समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन् । फाईनल खेल फेबररी ४ मा हुनेछ ।