३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन



अ+ अ-

काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिनुभएका उहाँले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पछि उहाँ रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिनुभएको थियो ।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो । उहाँको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिने छ ।रासस