२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नियमित दहि खानुका फाइदा



अ+ अ-

काठमाडौं । दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।

दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ ।

मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ ।

दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ । दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।

छाला चम्किलो बनाउन तथा कपालको चायाँ हटाउन दहीले मद्दत गर्छ । यसमा हुने ल्याक्टिक एसिड र एन्टी फंगल प्रपर्टीले चायाँ निर्मूल गराउँछ । तनाव घटाउन समेत दहीले मद्दत गर्छ ।

एक अमेरिकी विश्वविद्यालयले गरेको अध्ययन अनुसार मानसिक पीडाका लागि जिम्मेवार दिमागी तन्तुलाई निष्क्रिय बनाउन दहीले भूमिका खेल्छ ।