१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल

निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृतिको जगेर्ना, प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले प्राप्त बजेट सीमा तथा सिलिङभित्र रहेर देशैभरि समन्यायिक ढङ्गले बजेट विनियोजनको प्रयास गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले अब बन्ने पर्यटन ऐन र नियमावलीमा सात हजार मिटर माथिका हिमाल आरोहण नगरी सगरमाथा चढ्न नपाउने प्रावधानको व्यवस्था गरिने बताउनुभयो । “आगामी दिनहरूमा सगरमाथा माथिको ‘प्रेसर’ लाई घटाउन सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

पर्यटनको विविधतालाई ख्याल गर्नुपर्ने धारणा राख्दै मन्त्री पौडेलले एउटै मात्र क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र त्यसबाट मात्रै पर्यटनलाई आधारित गराउँदै जाने हो भने त्यो दिगो र ‘सस्टेनेबल’ हुन नसक्ने बताउनुभयो । “त्यसका लागि  पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्नैपर्छ भनेर आरोग्य पर्यटन जस्ता योजना ल्याइएको हो”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले लक्ष्यअनुसार पर्यटक भित्र्याउन पर्यटकीय गतिविधि व्यवस्थित रूपमा अगाडि बढाउने, जीर्ण विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो।

“नेपालका विभिन्न तीर्थस्थल, मेचीदेखि महाकालीसम्मका पर्यटकीय क्षेत्र, चिसो ठाउँहरूमा भारतीय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो, “मुक्तिनाथ क्षेत्रमा मात्रै गत वर्ष करिब एक लाख ३२ हजारभन्दा बढी भारतीय पर्यटक प्रवेश गरेका छन् ।”

पर्यटक आगमन अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सरकारी, निजी, गैरसरकारी, दातृ निकाय र ‘डायस्पोरा’ सँगको सहकार्यलाई सरकारले जोड दिएको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले निजगढ विमानस्थललाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउने योजनामा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो । “नीतिमा मात्रै होइन, कार्यान्वयनयोग्य र लगानी ‘मोडालिटी’ तय भए पश्चात आवश्यक बजेटसमेत विनियोजन हुनेछ”, उहाँले भन्नुभयो ।

नेपाललाई भारत सरकारले उपलब्ध गराएको अयोध्यास्थित जग्गामा धार्मिक पर्यटक विश्रामस्थल बनाइएको जानकारी दिँदै मन्त्री पौडेलले सो विषयले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । “जसरी लुम्बिनीमा विभिन्न देशहरूको स्मारकको रूपमा गुम्बा, चैत्य निर्माण भइरहेका छन् । त्यसरी नै हामीले अयोध्यामा विश्रामस्थल बनाउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अत्यावश्यक मानिएको ‘एयर रुट’ सम्बन्धी विषय टुङ्ग्याउन सरकारले कूटनीतिक पहल गरिरहेको सदनलाई जानकारी गराउनुभयो ।

राष्ट्रियसभाको आगामी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यक्रम रहेको छ । सभाको अर्को बैठक यही असार २३ गते मङ्गलबार मध्याह्न १२ः१५ बजे बस्नेछ । रासस