१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
?????????????????????????????????????????????????????????
अ अ+ अ-

लमजुङ। डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो ।

डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन ।

उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री, थन्काएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरुले थप कठिनाइ व्यहोर्नु परेको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यो सडकका कारण व्यहोर्नु परेको कष्ट कहालिलाग्दो भएको यहाँका स्थानीयले व्यापक गुनासो गर्ने गरेका छन् ।

पछिल्लो पटक जनताको हारगुहारपछि भने डुम्रे–बेँसीसहर–चामे सडक तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागर खण्डको करिब आठ दशमलव नौ किलोमिटर दुई लेनमा विस्तार भइरहेको छ। “पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताउनुभयो ।

“वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,” सवारी चालक नारायण घिमिरेले भन्नुभयो । डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठमा कार्यसम्पन्न गर्ने गरि सम्झौता भएको बताउनुहुन्छ ।

दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल्सम्म काम सकिएको छैन। सडकको निर्माण लागत रु ७२ करोड रहेको छ। निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो । यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन् । रासस