२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आज पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गर्नुभयो ।

महानगरपालिकाले श्रीकुमारीलाई मासिक १८ हजार रुपैयाँ, श्रीगणेश र श्रीभैरवलाई मासिक १५ हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि पूर्व श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई श्रीपद भत्तावापत रकम उपलब्ध गराउन थालेको हो । शुरुवात्मा पूर्वकुमारीलाई मासिक १० हजार रुपैयाँ, पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले एक बर्षमा हुन आउने एकमुष्ट रकमसहित सम्मान गर्न थालेको हो ।

श्रीपद भत्ता प्राप्त गर्ने पूर्व श्रीकुमारीहरुमा वि. सं. १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि २०७४ सालसम्म प्रतिस्थापित हुनुभएकी मतिना शाक्यसम्म गरी ९ जना हुनुहुन्छ । कार्यक्रममा ज्येष्ठ उमेरका कारण नानीशोभा (वि. सं. १९९९ — २००६) उपस्थित हुन सक्नु भएन । हर्षलक्ष्मी शाक्य (वि. सं. २०१२ — २०१८) र प्रीति शाक्य (वि. सं. २०५८ — २०६५) देश वाहिर रहनु भएकोले उपस्थित हुन सक्नुृ भएन । उहाँहरुको भत्ता प्रतिनिधिले बुझ्नु भएको थियो । कार्यक्रममा नानीमैयाँ शाक्य (वि. सं. २०१८ — २०२६), सुनिना शाक्य (वि. सं. २०२६ — २०३५), अनिता शाक्य (वि. सं. २०३५ — २०४१), रश्मिला शाक्य (वि. सं. २०४१ — २०४८), अमिता शाक्य (वि. सं. २०४८ — २०५८) र मतिना शाक्य (वि. सं. २०६५ — २०७४) उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो ।

वर्तमान श्रीकुमारी (२०७४ सालदेखि) तृष्णा शाक्य हुनुहुन्छ । वर्तमान कुमारीलाई महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ मासिक सहयोग उपलब्ध गराउने गरेको छ । यस्तै कुमारीका चिताइदार ज्ञानदेवी शाक्यलाई पूजा खर्च र मासिक पारिश्रमिक गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

पूर्व श्रीगणेशमध्ये कन्हैया शाक्य (वि. सं. २०३४ — २०४२) उपस्थिति हुनुभएन । गणेश शाक्य (वि. सं. २०१२ — २०२४), पुरुषोत्तम शाक्य (वि. सं. २०२४ — २०३४), सञ्जु शाक्य (वि. सं. २०४२ — २०४६), प्रमनराज शाक्य (वि. सं. २०४६ — २०५७), कपिलरत्न शाक्य (वि. सं. २०५७ — २०६७), संवेग शाक्य (वि. सं. २०६७ — २०७७) आफैँ उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो ।

भैरवतर्फ इन्द्रबहादुर शाक्य (वि. सं. २००६ — २०१४), शुभरत्न शाक्य (वि. सं. २०१४ — २०२४), बालपुरुषोत्तम शाक्य (वि. सं. २०२८ — २०३७), श्याम शाक्य (वि. सं. २०३७ — २०४४), भैरव शाक्य (वि. सं. २०४४ — २०५६) र रुजन शाक्य (वि. सं. २०६५ — २०७७) उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो । राजु शाक्य (वि. सं. २०५६ — २०६५) भने देश वाहिर रहनुभएकोले उपस्थित हुन सक्नुभएन ।

भत्ता रकम प्रदान गरिसकेपछि बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पूर्व श्रीहरुको आवास व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले प्रयास गरिरहेको उल्लेख गर्नुभयो । जीवन्त सांस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरताका लागि जीवित देवदेवीका रुपमा प्रतिस्थापित रहनुभएका श्री र उहाँहरुको परिवारको योगदान अमूल्य छ । परम्परा जोगाउन महानगरपालिकाले सरकारका तर्फबाट पूरा गर्नु पर्ने दायित्व पूरा गर्नेछ ।

पूर्व श्रीहरुको सहजताका लागि बैङ्क खाता खोलेर रकम उपलब्ध गराउने योजना बनाएका छौँ । कार्यक्रममा हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले, जीवित देवी देवताका रुपमा रहनु भएका श्रीहरुको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालयसँग छलफल भएको र सम्झौता हुने प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।