२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने



अ+ अ-

ललितपुर । यहाँ हुने विवाह तथा ब्रतबन्धजस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउनेभएका छन् । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी सो कार्यमा दुलाहादुलहीसहित केवल १५ जनालाई मात्र सहभागी हुन अनुरोध गरेको छ । 

सहायक प्रजिअ ललितकुमार बस्नेतले जारी गर्नुभएको सूचनामा जिल्लाभित्र सो कार्य गर्दा विवाहको ब्यानरसहितका दुई गाडी सवारी साधन प्रयोग गर्न पाइने र अन्तरजिल्लामा सो कार्यका लागि आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासन कार्यालयबाट जारी अनुमति पास लिन लिनुपर्ने भएको छ । 

जिल्लाभित्र बिरामी कुरुवाका रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिको हकमा अस्पतालले प्रदान गरेको कुरुवा पासका आधारमा आवतजावत गर्न दिइने तर अन्तरजिल्लाबाट मृत्यु संस्कार तथा बिरामी कुरुवाका हकमा ललितपुर छिर्नुपर्ने भएमा व्यहोरा खुल्ने कागजातसहित प्रशासनमा निवेदन पेश गर्नसमेत अनुरोध गरिएको छ । 

उक्त पत्रमा अत्यावश्यक खाद्यान्न सामग्री लिनका लागि बिहान सबेरैदेखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म दुई पटक डिपार्टमेन्ट स्टोर खुल्ने जनाइएको छ ।