• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि

६० प्रतिशत कैद माफी पाएर छुटे जन्मकैद सजाय पाएका गुण्डानाइके



काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका एक गुण्डा नाइकेले ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।

नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गर्नुभएको थियो ।

सो निर्णयसँगै दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएका छन् ।

ढकालको योजनामा २०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।