• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार ★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो ★   चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित ★   आज चट्याङसहित केही ठाउँमा भारी वर्षा हुने

६० प्रतिशत कैद माफी पाएर छुटे जन्मकैद सजाय पाएका गुण्डानाइके



काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका एक गुण्डा नाइकेले ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।

नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गर्नुभएको थियो ।

सो निर्णयसँगै दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएका छन् ।

ढकालको योजनामा २०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।