• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री ★   स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार ★   अल हिलाल साउदी प्रो लिग च्याम्पियन

६० प्रतिशत कैद माफी पाएर छुटे जन्मकैद सजाय पाएका गुण्डानाइके



काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका एक गुण्डा नाइकेले ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।

नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गर्नुभएको थियो ।

सो निर्णयसँगै दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएका छन् ।

ढकालको योजनामा २०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।