९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंक लिमिटेडका ग्राहकहरुलाई १६० भन्दा बढि स्थानमा विशेष छुट



अ+ अ-

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढि स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा बस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।

बैंकले सम्बन्धित व्यवसायीसंगकोे सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम २०∞ सम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले विल लिनु भन्दा पहिला नै आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।

ग्राहकबर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट https ://www.himatayanbank.com/en/offers मा गई हेर्न सक्नेछन् ।

हाल यो योजना १६० भन्दा बढि व्यवसायिक संस्थाहरुमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।