७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा मृत्युदर १.०२६ प्रतिशत



अ+ अ-

काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ । राजधानी दैनिकमा छ ।