२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनले काठमाडौंको सवारी अस्तव्यस्त



अ+ अ-

काठमाडौँ । देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित भएर आन्दोलन गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलनले माइतीघर मण्डला आसपासका सडक अस्तव्यस्त भएको छ । बुधबार  माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले आजदेखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति जनाउदै उनीहरु सडकमा उत्रिएका हुन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।शिक्षकहरू आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।

बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल शुरु गरेपनि वार्ता निष्कर्ष बिहीन भएको छ ।