• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन



सिमकोट । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।

गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई जानकारी दिएको हो । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्तिविकास लगायतका हकहितका विभिन्न महत्वपूर्ण विषयमा भएको अस्पष्टता विरुद्ध देशभरका विद्यालय बन्द गर्नाका साथै शिक्षक आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचनामा भनेको छ ।

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि स–साना बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिई यहाँहरूको माग र मुद्दाका विषयमा केन्द्रमा छलफल भइरहेकाले बालबालिकाको पठनपाठनमा बाधा वा असर नपर्ने गरी विद्यालय नियमित गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शिक्षा विधेयकको समस्या देशभरको भए पनि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् । सोही गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा नियमित पठनपाठन जारी भइरहेको जनाइएको छ । रासस