२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन



अ+ अ-

बाँके । “मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भन्नुभयो, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।”

उहाँ सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै हुनुहुन्थ्यो । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राख्नुभएको थियो । पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उहाँले सानैदेखि सिकेको पेसा हो ।

“बुबा सानैमा बित्नुभयो । उहाँ बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो”, उहाँले भन्नुभयो, “विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।” साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आउनुभएका उहाँले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताउनुभयो ।

“मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउछाँै । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ”, उहाँले भन्नुभयो । पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उहाँको भनाइ छ । “गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एउटा राँगाको छालालाई रु दुई हजारदेखि दुई हजार पाँचसम्म पर्छ ।”

एउटा दमाहा बिक्रीबाट उहाँले रु पाँच हजार आम्दानी गर्नुहुन्छ भने ट्याम्का बनाएको रु दुई हजार लिनुहुन्छ । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उहाँको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार रु पाँच हजारदेखि १५ हजारसम्म पर्ने उहाँको भनाइ छ ।

पस्तोके बादीका घरमा दमाहा, ट्याम्का र मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरु आइपुग्छन् । विशेषगरी चाडवाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उहाँको भनाइ छ ।

जाजारकोटको शिवालय गाउँपालिका–६ थालारैकरबाट बसाइँसराइ गरी बाँके झर्नुभएका पस्तोकेले दमाहा बनाएरै आफ्नो सात जनाको परिवार पाल्दै आउनुभएको छ । पर्वको अवसर पारेर मात्रै यस्ता बाजा बनाउन आउने भएकाले घरखर्च धान्न र परिवार पाल्न कठिन हुँदै गएको पस्तोको भनाइ छ ।

बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका वादी पुस्ताले यो पेसालाई अगाल्न नचाहेको उहाँको अनुभव छ । “यो यस्तो सीप हो जस्को प्रयोग पर्व छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरु यो पेसा गर्न चाहदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता छ मलाई ।’ उहाँले भन्नुभयो ।

पस्तोके जस्तै दमाहा र ट्याम्कामा गोरुको छाला कसेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता अम्मरले दमाहा र ट्याम्का बनाउँदै आइरहनुभएको छ । उमेरले पाँच दशक पार गरी सक्नुभएका अम्मरले यो सीप आफ्नै बाबुबाट सिक्नुभएको हो । यो पेसामा बुबा र आमा दुवै संलग्न भएको उहाँको भनाइ छ ।

आमा बुबाबाटै सिकेको सीपलाई अम्मरले पेसाका रुपमा अगालेर यसैबाटको आम्दानीले परिवार पाल्दै आउनु भएको छ । कूल २७ घरधुरी भएको भरैयामा पस्तोके, अम्मर, खम्मबलाल र बले गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरहनुभएको छ ।

बादी समुदायका नयाँ पुस्ताले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठाँैडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् । यसरी पूर्खाले गर्दै आएको पेसालाई छाडेर वादी समुदायबाट आरनको पेसालाई अँगाल्नेमध्यका एक हुनुहुन्छ निमबहादुर वादी । सैतिस वर्षीय निमबहादुरले आरन पेसाबाट मासिक रु ३० हजारदेखि ४० हजारसम्म कमाइ गर्ने गरेको बताउनुहुन्छ । “आरनबाट मैले दिनको १२ देखि १५ सयसम्म कामउने गरेको छु । मासिक न्यूनतम रु ४० हजार आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “पूर्खाले गर्दै आएको पेसा दैनिक आम्दानी हुने पेसा होइन ।”

विसं २०५८ मा एसएलसी पास गर्नुभएका निमले आरन पेसाबाट परिवार पाल्दै आउनुभएको छ । उच्च शिक्षा पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकेको बताउँदै आर्थिक अभावले आफ्ना सन्तानलाई पढ्नबाट वञ्चित हुन नपरोस् भनेर पनि आफूले दैनिक कमाइ हुने आरन पेसालाई रोजेको उहाँको भनाइ छ । निम जस्तै भरैया गाउँका केही युवा आरन पेसा गर्दैछन् भने केही वैदेशिक रोजगारमा विदेश गएका छन् । रासस




भर्खरै