२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यालय शिक्षा विधेयक समन्वय नगरि ल्याइयो’: सरोकारवाला



अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

संविधान जारी भएको आठ वर्षपछि विधेयक संसदमा दर्ता भएपनि विधेयक ल्याउँदा समन्वय नगरेकोमा असन्तुष्टि जनाएका हुन् । सरोकारवालाले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शिक्षाविद् डा.विद्यानाथ कोईरालाले विधेयकमा कतिपय विषय सकारात्मक रहेको र केही विषय छुटेको बताउनु भयो । उहाँले विधेयकमै शिक्षक अब पेशाकर्मी बन्नेकुरा उल्लेख भएको बताउनु भयो । उहाँले राजनितिक चेतना भएको शिक्षक चाहिए पनि राजनितिक दलबाट प्रेरित शिक्षक नचाहिने बताउनु भयो । कोईरालाले राजनितिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने शिक्षक अबको आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले शिक्षकहरु राजनीतिक फाइदाका लागि आन्दोलनमा होमिने गरेको बताउनु भयो । केही शिक्षकहरुले स्वत: स्थायी हुनुपर्ने माग राखेको भन्दै यो नचाहिने कुरा मात्रै भएको बताउनु भयो ।

कोइरालाले भन्नुभयो, ‘शिक्षकहरु आन्दोलीत हुनुको पछाडी उनीहरुले राजनितिक फाइदा लिइरहेको बुझिन्छ । नेपाली काँग्रेसको भए महासमितिमा जान पाउने, एमाले, माओवादीमा भएको भए पोलीटव्युरोमा जान पाउने । त्यो त मौका पाएका छन् नि त । राजनितिक दलले शिक्षकलाई गाली गर्ने हो की अब भातृ संगठन खोल्दैन भनेर भन्ने हो । शिक्षकको भातृसंगठन चाहिएन, कर्मचारीको भातृसंगठन चाहिएन, जो अपराध गर्‍यौँ गर्‍यौँ भन्ने किसीमको दृष्टिकोण नेतृत्वमा आयो भने सबै कुरा सल्टिन्छ । शिक्षकले भनेको अर्को कुरा हो हामी स्थानीय तहको अधिनमा बस्दैनौँ ।

त्यसो भए शिक्षक संघले भन्नुपर्‍यो संघीयता चाहिएको हो की नचाहिएको हो । विकेन्द्रिकरण चाहिएको हो की नचाहिएको हो । विकेन्द्रिकरण र संघीयता भनेको के त ? त्यसो भए । कुन तहलाई विकेन्द्रिकरण भनिएको हो ? भन्नुपर्‍यो नी । जस्तै: भारतको उदाहरण दिन्छु, भारतले विकेन्द्रिकरण भनेको प्रदेश मात्रै हो । त्यहाँ स्थानीय तहलाई अधिकार दिइएको छैन । उनीहरुले अधिकार प्रत्यायोजन गर्छन् । नेपालले विकेन्द्रिकरण भनेको पालिका हो । पालिका सरकार हो । त्यस्तो किसिमको कुरा हो भने त संविधान संसोधन गर्नुपर्‍यो नि । शिक्षक स्थानीय तह मातहत बस्न चाहदैनौं, संविधान संसोधन गर्नुपर्‍यो भनेर भन्नुपर्‍यो नि ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा विधेयक ढिलो आएकोमा स्वागत गर्नुभयो । उहाँले संविधान जारी भएको आठ वर्षपछि विधेयक आएपनि विधेयक आउने प्रकृया गलत भएको बताउनु भयो । उहाँले अभिभावकको प्रतिनिधिबाटै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने विषय सकारात्मक भएको बताउनु भयो । अध्यक्ष भण्डारीले संसदीय समितिमा सरोकारवालालाई छलफलका लागि बोलाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकमा अपनत्व हुन सबै सरोकारवालाहरुलाई विधेयकमाथी दफावार छलफल हुनुपर्ने बताउनु भयो ।

भण्डारीले भन्नुभयो, ‘यो विधेयक ढिलो गरी आएको छ । पछिल्लो पटक संविधान जारी भएको आठ वर्षपछि आयो । आउने प्रकृया गलत भयो । सरोकारवालाहरुसंग परामर्श नगरेर आयो । यो भन्दा अगाडी वडाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष भन्ने थियो । अहिले अभिभावकबाटै विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने भन्ने आयो । यो स्वागत योग्य हो । प्रकृया नपुर्‍याएर आयो भनेर गाली नगरौं । आलोचनात्मक समर्थन गर्छौं । सरोकारवालालाई छलफल गरेर संसदीय समितीमा छलफल गरियोस् । ऐन नआएर धेरै कुराको अवरोध भइरहेको छ । शिक्षा विधेयक ढिलो ल्याएर ल्याइयो । प्रकृया गलत भयो । अपनत्व हुनलाई सबै सरोकारवालालाई समेटेर जानुपर्छ ।’

शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकारले सरकारले ल्याएको शिक्षा विधेयक शिक्षक, विद्यार्थी र अभिभावकको हकहित विपरित रहेको बताउनु भयो । उहाँले सरोकारवालालाई हानी पर्नेगरी विधेयक आएको बताउनु भयो । ताम्राकारले आफूखुशी सरकारले विधेयक ल्याएको भन्दै सरकारले निकास नदिँदासम्म आन्दोलन जारी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले शिक्षा विधेयक ल्याएको छ । शिक्षक, विद्यार्थी, अभिभावकलाई हानी गर्ने गरि विधेयक आयो । सरोकारवालाको हितका विषयलाई विधेयक ल्याइएन । हाम्रो आन्दोलन समग्र शिक्षालाई विकसीत गर्न ३० बुँदे माग प्रस्तुत गरेका थियौं । आफुखुसी विधेयक आयो । शिक्षाका सम्बद्ध सरोकारवालालाई नै नराखेर विधेयक ल्याइयो । यो राजधानी केन्द्रित आन्दोलन हो । सबै जनताको निमित्त भनेर आन्दोलनको आयोजना गरिएको हो । सबै जिल्लाबाट शिक्षक साथीहरु उपस्थित हुनुभएको छ । सरकारलाई चेतावनी दिन आन्दोलन गरिएको हो । सरकारले निकास नदिदाँ सम्म आन्दोलन भइरहन्छ ।’

उहाँले समग्र शिक्षालाई विकसित गर्न पटक पटक आफूहरुले ज्ञापनपत्र बुझाएको भन्दै आफूखुशी सरकारले विधेयक ल्याएको बताउनु भयो ।