८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निद्रामा मस्त रहँदा पनि चरा किन रुखबाट खस्दैन ?



अ+ अ-

एजेन्सी । के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि धेरै चराहरू बिजुलीको तार वा रूखको हाँगाहरूमा बस्छन् । बिजुलीको तारमा बसेका चराहरूको लाम हेर्दा विद्यालयमा लाइनमा उभिएका विद्यार्थीजस्ता देखिन्छन् ।

धेरैजसो बिहान यस्तो सुन्दर दृश्य देख्न सकिन्छ । ध्यान दिएर हेर्नुभयो भने धेरै चराहरूको आँखा बन्द पनि रहेको देख्नुहुनेछ । धेरै पटक मानिसको मनमा यो प्रश्न उठ्छ कि कसरी चराहरूले सुत्दा पनि सन्तुलन कायम राख्छन् र रुखको हाँगा वा बिजुलीको तारबाट कहिले खस्दैनन् ? जहाँ मानिस सुत्दा पनि ओछ्यानबाट खस्छन् ।

विज्ञहरूका अनुसार चराहरूले सुत्दा दुवै आँखा बन्द गर्दैनन् । सुत्दा एउटा आँखा खुला राख्छन् । सुत्ने बेलामा एउटा आँखा खुला राख्नुको पछाडिको विज्ञान यो हो कि यसले गर्दा उनीहरूको आधा मस्तिष्क सक्रिय रहन्छ, जसले उनीहरूलाई रूखको हाँगा वा बिजुलीको तारमा सन्तुलन कायम राख्न मद्दत गर्छ ।

कसरी भन्न सकिन्छ कि चराहरू कहिल्यै पूरै सुत्दैनन्, सधैं आधा सुत्छन् ? जबसम्म मस्तिष्कले काम गरिरहेको हुन्छ, निद्रा कसरी पूरा हुन्छ ? यी प्रश्नहरु पनि नउठ्ने होइनन् । चराहरू निद्रामा नपर्नुको एउटा कारण भनेको तिनीहरूको खुट्टाको संरचना रहेको छ । जुन यस्तो हुन्छ कि तिनीहरू जुनसुकै कुरामा पनि राम्रोसँग समात्न सक्छन् । चराहरू एक आँखा खोलेर सुत्छन्, तिनीहरूले आफ्नो वरिपरि खतरा महसुस गर्दा जाग्नका लागि तयार रहन्छन् ।