१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानका प्रति राप्रपा प्रवक्ताको कटाक्ष- विष वृक्ष रोपेर अमृत फल फल्थेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्नो पार्टी संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यसका लागि राप्रपा संघर्षरत रहेको र आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत रहेको बताउनुभएको छ ।

आज संविधान दिवस, संविधानलाई आफूहरुले आलोचनात्मक समर्थन गरेको उल्लेख गर्दै भन्नुभएको छ, “यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाई स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविधानका पक्षधर र संवाहक शक्तिहरुले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हुँदै जाने निश्चित थियो ।”

उचालेको कुकुरले मृग मार्दैन भन्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा थिएनन्/होइनन् भन्ने राप्रपाको दाबी रहेको बताउनुभयो ।

“सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सही थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवी र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन”, उहाँले भन्नुभएको छ । देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आएको छ भन्दै प्रवक्ता श्रेष्ठले जहाँबाट गल्ती शुरु भएको छ, त्यही विन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्ने उल्लेख गर्नुभएको छ । “देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौँ लाख युवालाई स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाई काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ”, उहाँको भनाइ छ ।

राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयाँखाले समझदारीको आवश्यकता छ भन्दै उहाँले भन्नुभएको छ, “देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्वीकारोक्तिको जगमा आमूल सुधारको नयाँ यात्रा प्रारम्भ गरौँ । यो बाटो नै मुलुकको दीर्घकालीन हितमा छ/हुनेछ। सबैले सोचौँ ।”