२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित हुँदैन: यातायातमन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताउनुभएको छ ।

बुधवार संविधान दिवसको अवसरकाठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उहाँले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सिमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो । उहाँले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरुको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरुको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्म गरिएको बताउनु भयो ।

उहाँले दु्रत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताउनु भयो । उहाँले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ शुरु गरेको छ त्यही उत्साह निरन्तर रुपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताउनु भयो । उहाँले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनैपनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र बिस्तार दुवै गर्ने बताउनु भयो ।

उहाँले सरकारले सञ्चालन गरेको द्रुुत बसमा यात्रुहरुलाई कहाँ समस्या भयो ? कहाँ ट्राफिक समस्या भयो । सूर्यविनायक देखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको बताउनु भयो ।उहाँले सरकार धेरै चुनौतिहरुका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि बिस्तार गर्दै जाने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबार लगायतका स्थानहरुमा बिहानको समयमा यात्राहरु धेरै आउन र बेलुका जाने समयमा यातायातको ठूलो आवश्यकता पर्ने र ट्राफिक चाप पर्ने अवस्थालाई ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा दु्रत बस सञ्चालन गर्ने निकर्षमा पुग्यौं । रत्नपार्कदेखि सूर्यविनायकसम्म मात्रै यो बस सेवा सिमित हँुदैन । सरकारले यसलाई विस्तार गर्दै लैजान्छौं । एयरपोर्ट,रिङरोड,नागढुङ्गा,ललितपुर,बालाजु,महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै जान्छौं । सरकारले दु्रत बस सेवालाई बिस्तार मात्रै नभएर निरन्तरताका कुरा पनि छ । त्यसैले आज जुन उत्साहका साथ द्रुत बसे सेवा शुरु गर्दैछौं त्यही उत्साह निरन्तर रुपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउँछौं ।’

‘त्यसको अनुगमन र फ्लोअप गर्नेछौं । कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिवद्धता जनाउन चाहन्छु । निरन्तरता र बिस्तार दुवै कुरा सरकारले गर्नेछ । मुख्य रुपमा सरकारले सञ्चालन गरेको द्रुुत बसमा यात्रुहरुलाई कहाँ समस्या भयो,कहाँ ट्राफिक समस्या भयो । प्राविधिक समस्याहरु केके परे र बस व्यवस्थापनमा अफ्ठ्यारो भयो सबै कुराको फिडब्याक लिएर निरन्तर सुधार गर्दै जानेछौं । सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्छौं । अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउँछौं । सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि विस्तार गर्दै जाने छौं । अहिले सरकार धेरै चुनौतीहरुको बीचमा छौँ ।’

त्यस्तै,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था हुनुपर्छ भन्ने धेरै लामो समय देखिको माग आज सम्बोधन भएको बताउनु भयो। उहाँले सरकारले सार्वजनिक यातायातलाई पहिलो पटक एम्बुलेन्सको प्राथमिकतामा राखेर कामको स्वागत गर्ने बताउनु भयो । उहाँले द्रुत बस सेवा सरकारले दीर्घकालिन रुपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन दुई दिनको मिडिया बाजीको लागि मात्रै सिमितता राख्न नहुने बताउनु भयो ।

उदघाटन पश्चात द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् । यात्रुहरुका लागि भने असोज चार गते बिहीवारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुनेछ । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।