२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ दिनमा प्रदीप खड्का अभिनित ‘प्रकाश’को सुटिङ सकियो



अ+ अ-

 काठमाडौं । सरकारले बिहिबारदेखि निषेधाज्ञा घोषणा गरेपछि नेपाली फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् । 

यता अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को टिम भने सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौं फिर्ता भएको छ । 
 
छायांकन सुरु भएको ४२ दिनमा फिल्मको सुटिङ सकाइएको छ । फिल्मको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

फिल्ममा यी दुईबाहेक दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी लगायतको पनि अभिनय रहनेछ । फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ । फिल्ममा प्रदीप पहिलो पटक गाउँले युवकको रुपमा देखा पर्दैछन् । 
 
विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले खिचेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।