२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो



अ+ अ-

दोलखा । ५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा आज पानी खसालिएको छ । सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आयोजनको निर्माणस्थलमा पुगि स्बीच अन गर्दे पानी खसाल्ने कामको सुरुवात गर्नुभएको हो । 

मन्त्री गुरुङले सामाजिक संञ्जालमा लेख्नु भएको छ, "नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो । केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्नु हुनेछ ।"

"यो सँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति हार्दिक आभार व्यक्त गर्दछु ।"