१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस



अ+ अ-

काठमाडौँ ।  न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको होे । बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकाल्नुभएको थियो । साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो । रासस