१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गनुहुँदै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक एवं पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

साथै, उहाँले प्रधानमन्त्रीको आगामी साता हुने चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत छेन सोङले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

साथै दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको लिन्ज्ही सहरमा आगामी अक्टोबरमा आयोजना हुने ‘द थर्ड ट्रान्स हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेसन’ कार्यक्रममा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्नुभयो ।