१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्छः ईश्वर पोखरेल



अ+ अ-

काठमाडैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवाषचन्द्र नेम्वाङको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनु पर्यो । विचारहरु कमजोर ढंगले समाउने, विचारहरुको पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं ।

मिसन २०८४ पुर्याउन सक्दैनौं । त्यसकारण एमालेको मिशन २०८४ पुर्याउनका लागि जरुरत के हो भने एमालेले अगाडि सारेका विचारहरु जुन हुन, त्यो विचारहरुलाई हामीले दह्रोसँग समाउनुपर्ने हुन्छ । यही बलियो बनाउने हिसावमा हाम्रो अधिवेशनहरु हुँदैछन् । यसलाई व्यवस्थित ढंगले अघि बढाउनु पर्छ । एमाले एक्लैले बहुमत प्राप्त नगरुन्जेल देशको स्थितिलाई बदल्न सकिदैन । देशको अवस्था बदल्न सकिदैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गर्नुभयो । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई थियो ।