५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस्: पूर्वअध्यक्ष रेग्मी

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस्: पूर्वअध्यक्ष रेग्मी
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उहाँँले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउनु नै अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “ढिलो गर्ने छुट कति पनि छैन । तसर्थ, समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावनाअनुरुप अघि बढिएको ठहर्छ ।” जनअपेक्षाअनुरुप परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने कार्य सबैलाई आग्रह गर्दै उहाँले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न सुझाव दिनुभयो ।

ऐतिहासिक सङ्घर्ष र आन्दोलनबाट भत्किँदै तथा फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनमा आएको घटना स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “हामी समीक्षा गरौँ आठ वर्षमा जनताको आकाङ्क्षा र संविधानको भावनाअनुसार कति काम गर्न सक्यौँ र कति अगाडि बढ्न सक्यौँ ?”

पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभयो, “संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक–पटक किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”

सामाजिक मर्यादा भङ्ग हुने र स्व-अनुशासन भत्काउन उद्यत प्रवृत्तिले लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सद्भाव सुदृढ होला ? भनी प्रश्न गर्दै उहाँले शान्ति द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा समाजमा द्वन्द्व र सङ्घर्षलाई सम्झाउने काम गरिरहेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानुन अझ निर्माण हुन बाँकी रहेको तथा सङ्घीयताको कार्यान्वयनमा गर्नुपर्ने काम समेत प्रसस्तै बाँकी रहेको बारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुखद भविष्यका लागि शुभकामना दिनुभयो । रासस