१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्योः पूर्वप्रधानमन्त्री खनाल



file photo
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभएको छ ।

मंगलवार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गर्नुभयो । उहाँले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताउनु भयो । उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बनेको ७ वर्ष हुनलाग्यो, बिस्तारै एक दशक हुन्छ । तर संविधान जुन ढंगको हामीले बनाएका छाँै । त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौँ । यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ । संविधानको धारा ३ पढ्नुस्, नेपालको विशेषताको बारेमा हामीले राम्रो ढंगले परिभाषित गरेका छौँ । नेपाल एउटा बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । तर त्यसको मर्म र भावनाको बारेमा देशका सबै जातिका जनतालाई राम्रोसँग बुझाउन सकेका छैनौँ । त्यसले गर्दा अहिले पनि विविध खालका सेन्टीमेण्टहरु उम्लिन खोजिरहेका छन् ।

पूर्वाञ्चल त्यसकै प्रभाव हो । धरानमा भएको निषेधाज्ञा त्यसकै प्रभाव हो । यसैले हामीले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न सकेका छैनौँ । यो देशको नेतृत्व पछि छ । यी कमजोरीलाई समाधान गर्नुपर्छ । ३१ वटा मौलिक हक पारित गरेका छौँ । त्यसलाई ३ वर्षभित्रमा कानून बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयो ? खै कानून बनेको ? यो नेतृत्वको पहलमा कमी हो । संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको बताउनु भयो । उहाँले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।