३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नुभएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गर्नुभएको छ । उहाँले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गर्नुभएको छ । रासस