२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिसे नगर्ची’ मार्फत भारतीय दर्शकको मन जितेर फर्के दर्शना स्कुलका विद्यार्थी



अ+ अ-

काठमाण्डौ । भारतको उडिसामा आयोजित ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा ‘बिसे नगर्ची’ नाटक मञ्चन गरि भारतीय दर्शक र नाट्यकर्मीहरुको मन जितेर कागेश्वरी मनोहरा—९, गोठाटारको दर्शना स्कुलका विद्यार्थी स्वदेश फर्केका छन् ।

राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहलाई नेपालको एकिकरण गर्ने समयमा अर्थ संकलनको लागि महत्वपूर्ण भूमिका निभाएका सामान्य व्यक्ति बिसे नगर्चीको जीवनीमा आधारित सो नाटक हेरेपछि भारतीय दर्शक र नाट्यकर्मीले प्रशंसा गरेको कार्यक्रममा सहभागी विद्यालयका निर्देशक सुदर्शन सिहंले बताए ।

अन्तर्राष्ट्रिय रंगमञ्च पर्वको अवसर पारेर इण्डिया थियटर ओलम्पियाड मातहतको उत्कल युवा सांस्कृतिक संघको आयोजनामा भएको अल इण्डिया नाटक, नृत्य र संगित प्रतियोगितामा नेपालको तर्फबाट दर्शना स्कुलका विद्यार्थीहरु मात्रै ‘आमन्त्रित’को रुपमा सहभागी भएको विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले बताए ।

उनीहरुले साहित्यकार भिमनिधि तिवारीद्वारा लिखित तथा सुरेन्द्र क्षेत्री निर्देशित नेपालको चर्चित नाटक ‘बिसे नगर्ची’ मञ्चन गरेका थिए । आयोजकले दर्शना स्कुल र नाट्यकर्मी विद्यार्थीलाई ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यालयका कार्यक्रम निर्देशक सुर्दशन सिंहको नेतृत्वमा गएका १० जना नाट्यकर्मी विद्यार्थीहरुमा सम्पदा सिंह रिमाल, विश्वास ज्वाला उलक, रोशनी खड्का, आरुशि श्रेष्ठ, आभाष दाहाल, सुदिप माझि, सागर पौडेल, रिद्धि पौडेल, निकेश पौडेल, प्रकाश कार्की थिए ।