२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध

बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध
अ अ+ अ-

तनहुँ । पर्यटकीय नगरी बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा आज बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो । “कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,” उहाँले भन्नुभयो । गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्नेछ । 

बन्दीपुरमा देशका विभिन्न जिल्लाबाट पर्यटक भ्रमणका लागि आउने गरेका छन् । “बसपार्कमा परिचयपत्र हेरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने छ, तनहुँभित्रकै व्यक्तिहरुलाई प्रवेश हुन्छ, बाहिरबाट आएकाहरुलाई त्यहीँबाटै फर्काउँ छौँ,” उहाँले भन्नुभयो । यसकार्यका लागि सहयोग गर्न यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, पर्यटन विकास समिति, टोल विकास संस्था, वडास्तरीय विपद् व्यवस्थापन समितिलगायतलाई आग्रह गरिएको छ । 

विदेशबाट आउने बन्दीपुरवासीलाई भने क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । त्यसको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्नेछ । गाउँपालिकाले कोभिड–१९ को जोखिम कम गर्न मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । 

बैंक चार घण्टामात्र खुल्ने

कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको हो । 

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । 

कोभिड सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ ।