२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक महासङ्घलाई वार्तामा आउन सरकारको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि बोलाएको हो । “महासङ्घले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा भोलि असोज २ गते दिउँसो ३ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसद्मा दर्ता गरिसकेको र महासङ्घले उठाएका माग विधेयकमा अटाएको मन्त्रालयको दाबी छ । “विधेयकलाई अन्तिम रुप दिनुअघि महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावलाई यथासक्य विधेयकमा समावेश गरिएको छ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “महासङ्घले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात् तर्जुमा हुने नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् ।”

महासङ्घले अघि सारेका मागलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।रासस