३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

उपप्रधानमन्त्री पोखरेल र सिताराम कट्टेलबिच भेट, रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

उपप्रधानमन्त्री पोखरेल र सिताराम कट्टेलबिच भेट, रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ ।

बिहीबार निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणका लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल गर्दै धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको कामहरु प्रेरणादायी र प्रसंशनीय रहेको भन्दै प्रसंशा समेत गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताउनुभयो । उपप्रधानमन्त्रीसँगको भेटपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफु राज्यलाई सघाउने अभियन्ता भएको बताउनुभयो । रंगशाला निर्माणमा उपप्रधानमन्त्रीले चासो देखाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’

धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणका लागि अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेको जानकारी दिनुभयो । १३ करोड रुपैयाँ ऋणमा रहेको उहाँको भनाई छ । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो ।