५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीलाई गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ– माधव नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ ।

पार्टी निकट नेवाः संघको कार्यक्रममा उहाँले गठबन्धन आफूहरूकै पहलमा बनाएको जिकिर गर्दै भन्नुभयो, “आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनुपर्छ । गठबन्धनलाई बलियो बनाउनुपर्छ । यो बनाउन हामीले नै भूमिका खेलेका हौँ ।”

गठबन्धनभित्र भएका गल्ती र कमजोरीको आलोचना गरेर राम्रा काममा मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले गठबन्धनभित्र एकता, संघर्ष र उन्नत किसिमको एकतासँगै लिएर अघि बढ्ने उल्लेख गर्नुभयो ।