• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो– माधव नेपाल



file

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउनसक्ने बताउनुभएको छ ।

पार्टी निकट नेवाः संघको कार्यक्रममा उहाँले एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षड्यन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको उल्लेख गर्नुभयो ।

“हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ”, उहाँले भन्नुभयो, “अरू केही होइन । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन ।