• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

तीन दलद्वारा सुरक्षाको माग



गण्डकी । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले पछिल्ला घटनाक्रम सम्बन्धमा आठ बुँदे धारणा पनि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गर्नुभएको शृङ्खलाबद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको जनाएका छन् ।