२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित

विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित
अ अ+ अ-

कास्की । जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबीएस चिकित्सकले उपचार सेवा प्रदान गर्न शुरु गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
 
विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन शुरु गरेको गाउँपालिकाका प्रमुख  प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । हालै मात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा शुरु भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ । यसअघि भाडाको घरबाट सेवा दिइएको थियो । 

सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी खुःशी छन् । स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा शुरु भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताउनुभयो ।

विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पु¥याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ । अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुःशी भएका छौँ, मादीको मुहार नै परिर्वतन भएको छ ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ । सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबीएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन् ।
 
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताउनुभयो । नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक ९खन्टारी० मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा  उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ ।

उहाँले भन्नुभयो, “पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ । स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन् ।” गाउँपालिकाले यसै वर्ष दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा शुरु गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई अस्पतालसम्म पु¥याउन सहज होस् भनेर यसै वर्र्ष दुईवटा एम्बुलेन्सबाट सेवा दिन शुरु गरेका छौँ । एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ ।” रासस