२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र एभर्टन भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले बर्नमाउथको सामना गर्दैछ । खेल बर्नमाउथको घरेलु मैदान भिटालीटी स्टेडियममा नेपाली समयानुसार पौने सात बजे सुरु हुनेछ ।

यस्तै, आज राति एभर्टन र आर्सनलबीच पनि प्रतिस्पर्धा हुँदैछ । खेल एभर्टनको घरेलु मैदान गोडिसन पार्कमा नेपाली समयानुसार राति २१ः१५ बजे सुरु हुनेछ । चार खेलमा एभर्टन जितविहिन छ ।

एक खेलमा बराबरी खेल्दा उसले तीन खेल हारेको छ । आज घरेलु मैदानमा आर्सनललाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने खोजीमा छ ।

अर्कोतर्फ अपराजित रहेको आर्सनले आजको खेलमा जित निकाल्दै दोस्रो तथा तेस्रो स्थानमा उक्लिन चाहन्छ । आर्सनलले चार खेलमा ३ मा जित र १ मा बराबरी खेलेको छ ।

आर्सनल १० अंकका साथ चौंथो तथा यस्तै, चेल्सी ४ खेलमा ४ अंकका साथ १४ औं तथा समान खेलमा २ अंक जोडेको बर्नमाउथ १६ औं स्थानमा छ । एभर्टन १ अंकका साथ १८ औं स्थानमा छ ।