२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको बैठकमा जाँदै गरेका दुई युवाको दुर्घटनामा मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक र तामाङ जिल्ला कमिटी सदस्य हुन् ।