• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेडको पोस्टमा ब्राइटनको तीन गोल



इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई ब्राइटनले ३–१ गोल अन्तरले पराजित गरेको छ ।

म्यान्चेस्टरको गृह मैदान ओल्ड ट्राफोर्डमा भएको यस खेलमा ब्राइटनसामु म्यान्चेस्टर युनाइटेडको खेल फिक्का झैं देखिएको थियो । ब्राइटनका तर्फबाट म्यान्चेस्टरका पूर्व खेलाडी ड्यानी वेलबेकले खाता खोलेका थिए । उनले खेलको २० औं मिनेटमै गोल गरेका थिए ।

यसैगरी ५३औं मिनेटमा पास्कल ग्रोब तथा ७१ औं मिनेटमा जोआओ पेड्रोले गोल गरेर ब्राइटनको स्कोर ३–० को स्थितिमा ल्याएका थिए । तीन गोल हुनासाथ म्यान्चेस्टरका कैयन समर्थकहरुले मैदान छाडेका थिए ।

तर म्यान्चेस्टरका लागि एकमात्र सान्त्वना गोल ७३ औं मिनेटमा ह्यानिबल माज्रीले गरेका थिए । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यो हारसँगै पाँच खेलबाट म्यान्चेस्टर युनाइटेड ६ अंकका साथ लिगको १२औं स्थानमा छ । यस सिजनमा राम्रो सुरुवात गरेको ब्राइटन भने ५ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानको म्यान्चेस्टर सिटी १५ अंक छ भने दोस्रो स्थानको लिभरपुलको १३ अंक छ ।

आज शनिबारका खेलका नतिजाहरु
१. म्यान्चेस्टर युनाइटेड र ब्राइटन (१–३)
२. लिभरपुल र उल्भ्स (३–१)
३. फुलह्याम र लुटोन (१–०)
४. शेफिल्ड युनाइटेड र टोटेनह्याम (१–२)
५. म्यान्चेस्टर सिटी र वेस्ट ह्याम (३–१)