काठमाडौं । नेपाली बजारमा कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा जारी भएसँगै कम खपत भएकाले कुखुराको मासुको मूल्य घटेको हो ।
सातामा तेस्रो पटक कुखुराको मासुको मूल्य घटेपछि अहिले जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँमा पाउन थालिएको छ । योसँगै एक सातामा तीन पटक मासुको मूल्य घटेको हो ।
जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रुपैयाँसम्म पाइन थालेको छ ।
यसभन्दा अघि जिउँदो कुखुराको मासुको मूल्य ३०० रुपैयाँ भएको ह्याचरी संघले जनाएको छ ।











