२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो: महामन्त्री थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ ।

शनिवार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताउनु भयो ।

उहाँले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गर्नुभयो । उहाँले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताउनु भयो । उहाँले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रिय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ । महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो । बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बिपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छाँै, त्यो अन्याय हो । त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ । यसको प्रयास यसपटक नेपाली काँग्रेसको प्राङ्गणमा बिपी महोत्त्सव भनेर छलफल गरेका छौँ ।’

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भएपनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताउनु भयो ।




भर्खरै